काम नगरिदिएको रिस फेर्न वडाध्यक्षको घरमा आगो

काठमाडाैं | मंसिर १९, २०८०

काम नगरिदिएको रिस फेर्न वडाध्यक्षको घरमा आगो

आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको  पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। 

 

सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो। धनकुटा प्रहरीले  सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

 

‘हामीले शंका लागेर नियन्त्रणमा लिएका तिनै युवाले आगजनी गरेको स्वीकार गरेका छन्, धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने। आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको उनको भनाइ छ। 

 

कोइरालाले परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको पनि बताए। परिवारका सदस्य माथिल्लो तलामा थिए, ताला तलको तलामा थियोु, एसपी कोइरालाले भने, रिस फेर्न आगो लागाएको देखिन्छ।

 

अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने उनले जानकारी दिए। पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्